“बजारको फोहोर व्यवस्थापनमा अग्रसरता,सबै सरोकारवालाहरुको प्रतिबद्घता”भन्ने नाराका साथ सफा स्वच्छ, र सुन्दर धादिङ बजार अभियान २०६७ आजबाट शरु भएको छ ।

Monday, May 23, 2011

पिउने पानीको अभावमा गाउँ छोड्ने अबस्थामा

धादिङबेसी जेष्ठ १० गते /  बैरेनी गाउँ विकास समितिको वडा न. ६ र ८ का विभिन्न गाउँका बासीन्दाहरु पिउनेपानीको चरम समस्या झेल्न बाध्य भएका छन् । गाविसको खर्क, बागेश्वरी, छरछरे, तिलार, दाङार्चा, ढुङगे, ठुलोचौर र भोटेपलाङका बासीन्दाले पिउने पानीको चरम अभाव झेल्दै आएका हुन् ।

धादिङ स्काउट आयुक्तमामा श्रेष्ठ निर्वाचित

धादिङबेसी जेष्ठ १० गते /  नेपाल राष्ट्रिय स्काउट धादिङको जिल्ला आयुक्तमा विनोदमान श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । जिल्ला शिक्षा कार्यलय धादिङमा सम्पन्न निर्वाचन कार्यक्रमबाट श्रेष्ठलाई जिल्ला आयुक्तमा निर्विरोध रुपमा चयन गरिएको हो ।

दुग्ध मेला २०६८ को समापन

धादिङबेसी जेष्ठ १० गते / दुग्ध व्यवसायीहरुको पक्षमा विद्यमान नीतिहरु पर्याप्त नभएको र सरकारी तवरबाट पनि उचित सहयोग नपाएको दुग्ध मेलामा  सहभागीहरुले बताएका छन् । धादिङबेसीमा सञ्चालन भएको पहिलो दुग्ध मेला २०६८ को अन्तिम दिन हिजो  उद्योग वाणिज्य संघको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो गुनासो गरेका हुन् ।

Sunday, May 22, 2011

“व्यवसायीक दुध उत्पादन र बजार प्रवद्र्धन, गुणस्तरीय दुध सेवनद्वारा स्वास्थ्य सम्बद्र्धन” भन्ने मूल नाराका साथ आजदेखि धादिङबेसीमा पहिलो दुग्ध मेला २०६८ सुरु

धादिङबेसी जेष्ठ ८ /  “व्यवसायीक दुध उत्पादन र बजार प्रवद्र्धन, गुणस्तरीय दुध सेवनद्वारा स्वास्थ्य सम्बद्र्धन” भन्ने मूल नाराका साथ आजदेखि धादिङबेसीमा पहिलो दुग्ध मेला २०६८ सुरु भएको छ । भोलीसम्म चल्ने मेलाको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

Saturday, May 21, 2011

नारनको ब्लग: सच्चा क्रिस्चियनहरु मरे नि बाँचे नि परमात्मासँग बस...

नारनको ब्लग: सच्चा क्रिस्चियनहरु मरे नि बाँचे नि परमात्मासँग बस...: "मे २१, २०११ को साँझ ६ बजे, जुनसुकै देशमा तपाईँ बस्नुहुने भए पनि महाभूकम्प जानेछ र सबैको चिहान खोल्नेछ। र्‍याप्चर हुनेछ( सच्चा क्रिस्चियनहर..."
 

  © 2009 नारनको ब्लग

True Contemplation Blogger Template by M Shodiq Mustika